युक्रेन १९ असार । युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेहरुको सङ्ख्या कम्तिमा ३० जना पुगेको जनाइएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणका कारण आंशिक रूपमा ध्वस्त भएको एउटा अपार्टमेन्टको निरीक्षण गर्ने क्रममा आफ्नो सेनाले “निश्चित रूपमा“ यो आक्रमणको बदला लिने बताको छ ।
यसैबीच युरोपियन युनियनका शीर्ष कूटनीतिज्ञले मस्को माथि नयाँ प्रतिबन्धहरू प्रस्ताव गरेका छन् भने जेलेन्स्कीले प्याट्रियट एयर–डिफेन्स मिसाइलहरू निर्माण गर्ने इजाजतपत्रका लागि दबाब दिएको छ ।
संयुक्त राष्ट्रसङ्घका प्रमुख महासचिव एन्टोनियो गुटेरेसले विनासकारी रूसीको आक्रमणको निन्दा गर्दै युद्धविरामको आह्वान गर्नु भएको छ । नागरिक र नागरिक पूर्वाधार माथि आक्रमणहरू अन्तर्राष्ट्रिय मानवीय कानूनको स्पष्ट उल्लङ्घन भन्दै उनले यसलाई तुरुन्तै रोक्नुपर्ने बताएको उनका प्रवक्ता स्टेफन डुजारिकले उल्लेख गरेको छ ।
यद्यपी क्रेमलिनले आफ्नो कुनै सम्झौता नगर्ने दावी गर्दै किएभ माथि “दबाब“ बढाउने प्रतिवद्धता गरेको छ । सहरको केन्द्रमा रहेका आवासीय क्षेत्रमा रूसी क्षेप्यास्त्र तथा ड्रोनको वर्षा पछि विस्फोटको प्रतिध्वनित हुन थालेको जनाइएको छ ।
मेयर भिटाली क्लिट्स्कोले यसलाई “राजधानीमा रूसको सबैभन्दा ठुलो आक्रमण“ भनेर वर्णन गरेको छ ।
युक्रेनको राज्य आपतकालीन सेवाले उक्त आक्रमणमा ३० जनाको मृत्यु भएको पुष्टि गरेको छ । सहरको सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले ९१ जना घाइते भएको बताएको छ । रेड क्रसको युक्रेनी शाखाले यसको मुख्य गोदाम नष्ट भएको र करिब २० लाख डलरको मानवीय सहायता गुमेएको बताएको छ ।
आक्रमणले कूटनीतिज्ञहरू बस्ने“ भवनलाई पनि क्षति पुगेको बताउदै ईयूकी प्रवक्ता अनिट्टा हिप्परले कूटनीतिज्ञहरू भने सुरक्षित रहेको उल्लेख गरेको छ । क्रिवी रिगमा, मिसाइलले प्रहार गर्दा दुई जना घाइते भएको केन्द्रीय सहरको सैन्य प्रशासनका प्रमुखले बताएको छ ।
किएभले आफ्ना सहयोगीहरूलाई थप हवाई सुरक्षा पठाउन आग्रह गरेको छ । युक्रेनले अमेरिकामा निर्मित “मिसाइल इन्टरसेप्टर” प्रणालीका लागि हतियार उत्पादन गर्न चाहन्छ, तर रक्षा विज्ञहरूले घरेलु रूपमा उत्पादन स्थापना गर्न समय लाग्ने बताएका छन् ।
युरोपेली सङ्घका शीर्ष कूटनीतिज्ञ काजा कल्लासले आक्रमणलाई लिएर मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव गर्ने बताएको छ । आसन्न रुसी हमलाको गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै जेलेन्स्कीले बुधबार डब्लिनको भ्रमण गरे पछि यो आक्रमण भएको हो ।
जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले “केही समय देखि युक्रेन विरुद्ध ठुलो आक्रमणको तयारी गरिरहेको“ बताएको थियो ।



प्रतिक्रिया