काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहका शीर्ष नेताहरूको बैठक बसेको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा बैठक बसेको हो ।
बैठकमा खड्कासहित नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’, डा. शशांक कोइराला सहभागी छन् । त्यस्तै नेताहरू रमेश लेखक, एनपी साउद, डा. प्रकाशशरण महत, वीरबहादुर बलायर, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, श्याम घिमिरे र मोहनबहादुर बस्नेतलगायतका नेताहरू उपस्थित भएका छन् । बैठकमा पार्टीभित्रको आन्तरिक विवादबारे छलफल भएको जनाइएको छ । गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नभएको समूह त्यसपछि पार्टीको सत्ता बाहिर छ ।



प्रतिक्रिया