काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकको सार्वजनिक शिक्षा क्षेत्र दलीयकरणको चंगुलमा फसेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले विद्यालय व्यवस्थापन समितिदेखि प्रधानाध्यापक नियुक्तिसम्म आफ्नो मान्छे भर्ती गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिएका हुन् ।
थापाले शिक्षामा नीतिगत बहस हुनु स्वाभाविक भए पनि पार्टीगत स्वार्थ हाबी हुनु नै आजको मुख्य समस्या भएको प्रष्ट पारे ।
‘हामी शिक्षामा राजनीति भयो भन्छौँ, तर वास्तवमा शिक्षामा राजनीति होइन, दलीयकरण भएको हो,’ थापाले भने, ‘हामीलाई व्यवस्थापन समितिमा पनि आफ्नै मान्छे चाहियो, प्रधानाध्यापक पनि आफ्नै चाहियो, शिक्षक पनि हाम्रै मान्छे चाहियो भन्ने ठाउँबाट अब बाहिर निस्कनुपर्छ । त्यो दलीयकरणबाट मुक्त हुन जरुरी छ ।’
पार्टीमा आबद्ध हजारौँको सङ्ख्यामा रहेका शिक्षकहरूले समुन्नत नेपाल निर्माणका निम्ति आ–आफ्नो ठाउँबाट महत्त्वपूर्ण योगदान दिन सक्ने उनको भनाइ थियो ।



प्रतिक्रिया