काठमाडौं, असार १९ । सुरक्षा निकायलाई पूर्वजानकारी नदिई गृहमन्त्री सुधन गुरुङ कोशी प्रदेशको आकस्मिक अनुगमनमा निस्किएका छन्। सीमा क्षेत्रमा बढ्दो चोरी तस्करी र राजस्व चुहावटको वस्तुस्थिति बुझ्न उनी शुक्रबार साँझ सुनसरी र मोरङ आइपुगेका हुन्।
सुरक्षा स्रोतका अनुसार कोशी प्रदेशको सुनसरी र मोरङमा भए पनि उनी कहाँ छन् भन्नेबारे जानकारी छैन । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार गृहमन्त्री आएको कुरा जानकारीमा आएपनि अहिलेसम्म कहाँ हुनुहुन्छ र कुन–कुन सिमा नाकाको निरिक्षण हुँदैछ भन्नेबारे आधिकारिक जानकारीमा छैन् ।
मन्त्रीको यो अप्रत्याशित ‘छड्के’ निरीक्षणले सीमा क्षेत्रका सुरक्षाकर्मी र प्रशासनिक अधिकारीहरूमाझ खैलाबैला (दौडादौड) मच्चिएको छ। केही दिनअघि मात्रै मधेश प्रदेशको पर्सा पुगेर सीमा नाकाको निरीक्षण गरेर फर्किएका मन्त्री गुरुङ आज पुनः तराईका नाकाहरूमा पुगेर वस्तुस्थिति बुझ्न लागेका छन् ।



प्रतिक्रिया