काठमाडौं, असार २० । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गर्दैछ । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार आज दिउँसो ३ बजे सरकारका कार्यप्रगतिको समीक्षासहित सय दिनमा भएका उपलब्धिहरूको सुची सार्वजनिक गर्न लागिएको हो ।
जेनजी आन्दोलनपछि गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि चैत १३ गते शाहको नेतृत्वमा सरकार गठन भएको थियो । सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर गठन भएको सरकारले सय दिनमा गर्ने कामहरूको सुची सार्वजनिक गरेको थियो ।



प्रतिक्रिया