काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले निकै तामझामका साथ सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ । सरकार गठन भएको सय दिन बितिसक्दा पनि आफ्नै प्रतिबद्धता पूरा गर्न असफल भएको ठहर गर्दै कांग्रेसले अब यो विषयलाई संसद्मा प्रमुख राजनीतिक एजेन्डा बनाएर उठाउने रणनीति तय गरेको छ ।
शनिबार सिंहदरबारस्थित दलको कार्यालयमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बैठक बसेको हो । उक्त बैठकमा सरकारका विभिन्न मन्त्रालयहरूको कार्यसम्पादन र तिनको प्रतिवेदनमाथि गम्भीर समीक्षा गरिएको थियो ।
कांग्रेसले सरकारका कमजोरीलाई संसद् र सडक दुवै ठाउँबाट उजागर गर्ने चेतावनी दिएको छ ।



प्रतिक्रिया