बालेन र सुधनलाई महेश बस्नेतको चेतावनी, भने तिमीहरूको एक-एक हिसाब राखेका छौं


काठमाडौं, असार २० । नेकपा (एमाले)का सचिव महेश बस्नेतले एमालेका नेताहरूविरुद्ध राजनीतिक प्रतिशोध साँधिए त्यसको एक-एक हिसाबकिताब राख्ने चेतावनी दिएका छन्।

शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङमाथि एमाले नेता विष्णु पौडेलमाथि वाहियात आरोप लगाएर थुनेको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका हुन् ।

बस्नेतले चुन्नुप्रसाद पौडेलको बयानका आधारमा शशी पौडेलको नाममा रहेको ३५ बिघा जग्गा विष्णु पौडेलको भनिएको र करेन्ट सुर्ती तथा करेन्ट गुटखा उत्पादन गर्ने सिदाम टोबाको कम्पनीको ३० करोड रुपैयाँ बराबरको सेयर पौडेलको नाममा रहेको भन्दै फैलाइएको भ्रमप्रति आपत्ति जनाउँदै भने, ‘हाम्रा नेतामाथि प्रतिशोध साँध्ने काम भएको छ, यसको हिसाबकिताब हामी गर्नेछौं।’

सम्बोधनका क्रममा सचिव बस्नेतले हिजो आठ करोडको गाडी चढ्ने प्रधानमन्त्री बालेन अहिले अख्तियारको दायराबाट जोगिन मालपानीलाई चोख्याउने अभियानमा लागेको आरोप लगाए । त्यस्तै, हिजो दीपक भट्टसँग सेयर लिने गृहमन्त्री सुधन गुरुङ आज ढुक्कसँग हिँडेको र कुकर्म गर्नेहरू चाँडै बेपत्ता हुने दाबी समेत बस्नेतले गरे।