काठमाडौं, असार २१ । आज प्रतिनिधि सभा अन्तर्गतका दुई समितिको बैठक बस्दै छ । आज अर्थ समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । अहिले बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफलको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै दिउँसो २ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कार्यविधि तथा आचार संहिता मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदनका सम्बन्धमा र समितिको हालै सम्पन्न स्थलगत अनुगमन भ्रमणको प्रतिवेदनका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।



प्रतिक्रिया