विराटनगर । मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रमको पारिश्रमिक असुली गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीलाई थुनामुक्त गर्न जिल्ला अदालत मोरङले आदेश दिएलगत्तै उनलाई पुनः पक्राउ गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा परेको उजुरीको आधारमा गिरीलाई पुनः पक्राउ गरी अनुसन्धानको लागि काठमाडौं पठाइएको मोरङ प्रहरीका प्रमुख कोवित कटुवालले जानकारी दिए ।
यसअघि गिरीलाई असार १३ गते शनिबार बिहान विराटनगर–८, मधुमारास्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । कारागारभित्रका कैदीबन्दीको रासन भत्ता र श्रमको पारिश्रमिकमा आर्थिक शोषण गरेको उजुरीका आधारमा उनीमाथि अनुसन्धान सुरु गरिएको थियो ।



प्रतिक्रिया