चीनमा मौसमी प्रकोपका कारण ११ जनाको मृत्यु, एक बेपत्ता


वुहान (चीन) २३ असार । मध्य चीनको हुबेई प्रान्तको पूर्वी भागमा गम्भीर मौसमी प्रकोपका कारण आएको आँधी(बेहरीका कारण ११ जनाको मृत्यु हुनुका साथै अन्य एक जना बेपत्ता रहेको प्रान्तीय अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार सोमबार राती आएको आँधी(बेहरी र तिव्र हावाले ह्वांगसी, ह्वांगगांग, एझोउ, र जियानिङलाई प्रभावित गराएको छ ।

आँधीका कारण २२ वटा भवनहरू पुर्ण रुपमा क्षेति गराउनुका साथै क्षेत्रका अन्य चार हजार ८५५ वटा भवनहरू क्षतिग्रस्त भएको जनाइएको छ । प्रकोपका कारण ३३१ जना स्थानीय बासिन्दा घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रान्तीय सरकारले पूर्ण उद्धार तथा राहत कार्यहरू सुरु गरिसकको र थप प्रकोप रोक्ने प्रयास गरिरहेको जनाएको छ ।