काठमाडौं । विश्वभर लोकप्रिय मोबाइल गेम लुडो र कलब्रेक नेपाली युवाहरूले निर्माण गरेको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार लुडो गेम विश्वभर करिब २० करोड पटक डाउनलोड भएको छ भने कलब्रेक गेम १५ करोडभन्दा बढी डाउनलोड भएको छ।
सनिवार प्रधानमन्त्री शाहले फेसबुकमार्फत नेपालका सयौँ युवा गेम एप निर्माणमा सक्रिय रहेको जानकारी दिएका छन्
।
‘संसारकै सबैभन्दा चर्चित लुडो (२०० मिलियन डाउनलोड) र कलब्रेक गेम (१५० मिलियनभन्दा बढी डाउनलोड) नेपालीले नै बनाएका हुन्,’ उनले लेखेका छन्।
नेपाली गेम डेभलपरहरूले भोगिरहेका समस्या बुझ्न उनीहरूसँग छलफल गरिएको र गेम डेभलपमेन्ट क्षेत्रलाई सहज बनाउँदै उद्योगका रूपमा विकास गर्ने विषयमा सरकारले गृहकार्य अघि बढाएको पनि प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।




प्रतिक्रिया