अमेरिका २३ असार । अमेरिकी प्रशान्त क्षेत्रमा आएको आधी (सुपर टाइफुन) बावीका कारण गुआम र उत्तरी मारियानासमा मङ्गलबार दशौं हजार मानिसहरू बिजुली विहीन भएको जनाइएको छ भने हाल सम्म कुनै हताहत नभएको जनाइएको छ ।
सबै भन्दा धेरै प्रभावित रोटाको सानो टापु थियो जहाँ सोमबार प्रति घण्टा २९० किलोमिटर सम्मको हावाले प्रहार गरेको थियो । यसको परिणाम स्वरुप रूखहरू तथा बिजुलीका पोलहरु ढलेकाले लाइनहरू विगे्रको र पानीको आपूर्ति समेत प्रभावित भएको जनाइएको छ ।
आधीका कारण धेरै घरहरूमा गम्भीर क्षति भएको र घरका छतहरू भत्किएको जनाइएको छ । प्रभावित क्षेत्रका स्थानीय वासीहरुले बिजुली, पानी र मोबाइल नेटवर्क जस्ता अत्यावश्यक सेवा नभएकाले जन–जिवन कष्टकर भएको बताएका छन् ।
उत्तरी मारियानासका दुई मुख्य टापु साइपान र टिनियनका साथै नजिकैको गुआमका केही भागहरू पनि बिजुली विहीन भएको जनाइएको छ जुन प्रमुख अमेरिकी सैन्य आधारहरू भएकोे अमेरिकी क्षेत्र हो । रासस



प्रतिक्रिया