काबुल, २३ असार । अफगानीस्तानको कान्दाहार र हेलमन्ड प्रान्तका केही भागहरूमा उच्च प्रभावित पाँच वर्ष मुनिका बालबालिकाहरूलाई लक्षित गर्दै दक्षिणी अफगानिस्तानमा मङ्गलबार देखि पोलियो खोप अभियान पुनः सुरु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त खोप अभियान कान्दाहार सहर र हेलमन्डको लश्कर गाहका साथै प्रान्तका अन्य प्रभावित जिल्लाहरूमा पनि चलाइएको जनाइएको छ ।
स्वास्थ्य अधिकारीहरूले बालबालीकाका परिवारहरूलाई अपाङ्गता जन्य रोगबाट जोगाउन मद्दत गर्न पाँच वर्ष मुनिका सबै बालबालिकाहरूलाई पोलियो खोप लगाउन आग्रह गरेका छन् । रासस



प्रतिक्रिया