सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौं ल्याइयो


काठमाडौँ । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर गम्भीर घाइते भएका पुरुषलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए ।

केहीबेरअघि नेपाली सेनाको हेलिकप्टरबाट उनलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन् । घरपरिवारसँगको विवादपछि उनले यो कार्य गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।