युथ कांग्रेसले गर्यो गणेशप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन


काठमाडौँ । आत्मदाह गरेर मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन गरिएको छ।

युथ कांग्रेसमा आबद्ध युवाहरूले शुक्रबार माइतीघर मण्डलामा श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन गरेका हुन्।

बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि नेपालीले आत्मदाह प्रयास गरेका थिए। उनको आज बिहान वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

Skip This