गणेश नेपालीको परिवारले मानेनन् शव बुझ्न, त्रिवि शिक्षण अस्पताल लगियो


काठमाडौं, असार २७ । गत बिहीबार शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव परिवारले बुझ्न नमानेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

नेपालीको परिवार र सरकारका प्रतिनिधिबीच हिजो काठमाडौं जिल्ला प्रशासन कार्यालय र वीर अस्पतालमा वार्ता भएपनि सहमति हुन नसक्दा शवलाई सुरक्षित राख्न त्रिवि शिक्षण अस्पताल महारागञ्ज पठाइएको हो । नेपालीको परिवारले सरकारको ज्यादतीका कारण आत्मदाह गरेको भन्दै शव बुझ्न मानेको छैन।

परिवारले शव बुझ्न नमानेपछि गए राती शिक्षण अस्पताल महाराजगञ्ज लगिएको वीर अस्पताले जनाएको छ । शुक्रबार दिउँसो उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएका उनको शव परिवारले नबुझ्दासम्म शव फ्रिजमा राखिनेछ।