३८ वर्षीया महिलालाई करणी गरेको अभियोगमा पक्राउ


कपिलवस्तु, ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका-५ हाटबजार बस्ने प्युठान, प्युठान नगरपालिका-९ घर भएका २९ वर्षीय सुरेन्द्र खड्कालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

सुरेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।