काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तथा खोलाको तटीय क्षेत्रमा बस्नेहरुलाई उच्च सतकर्ता अपनाउन आग्रह गरेको छ ।
आज काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका विभिन्न नदी तथा खोलामा बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले बताएपछि प्राधिकरणले यस्तो आग्रह गरेको हो ।
देशका केही स्थानमा आज दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।
दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा भारी वर्षाको पूर्वानुमान छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
राति गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी प्रदेशको पहाडी तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।



प्रतिक्रिया