काठमाडौं, असार २९ । देशका विभिन्न प्रदेशमा आएको बाढी र अविरल वर्षाका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सोमबार बिहान ६:३० बजेसम्म जारी गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा पहिरो र बाढीका कारण यातायात सञ्चालन प्रभावित भएको हो।
कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्गमा असार १२ गते बाढी आएपछि सडक एकतर्फी सुचारु भएको छ भने त्यहाँ अर्को वैकल्पिक बाटो पनि सञ्चालनमा छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भने असार २३ गतेदेखि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यहाँ हाल वैकल्पिक बाटो चलिरहेको विवरणमा उल्लेख छ



प्रतिक्रिया