काठमाडौं । नेपालको पहिलो र सबैभन्दा विश्वसनिय होलिस्टिक हेल्थ, एस्थेटिक्स र वेलनेस सोलुसन सेन्टर ‘हेल्दी होम’ ले आफ्नो स्थापनाको २१ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
दुई दशक लामो यात्रा पूरा गरेको यस संस्थाले नेपालको वेलनेस उद्योगमा विशिष्ट पहिचान बनाउन सफल भएको छ ।
विसं २०६३ मा मोहन भुसाल र कृष्ण भट्टराईले संयुक्त रूपमा स्थापना गरेको हेल्दी होमले हाल काठमाडौं र पोखरामा ४ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ भने यसले हालसम्म ५० हजारभन्दा बढी ग्राहकलाई सेवा दिइसकेको छ । यस संस्था विशेषगरी वेट म्यानेजमेन्ट, बडी शेपिङ, स्किन र हेयर एनलाइसिसका लागि परिचित छ ।
वार्षिकोत्सव समारोहमा बोल्दै संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मोहन भुसालले २१ वर्षको उपलब्धिलाई ग्राहकको विश्वास र टिमको समर्पणको प्रतिफल भएको बताए । उनले भने, ‘हाम्रो उद्देश्य केवल उपचार मात्र नभई स्वस्थ जीवनशैलीप्रति सचेत समाज निर्माण गर्नु थियो। अब नयाँ पुस्ताको नेतृत्वसँगै हेल्दी होमले थप उचाइ लिनेमा म विश्वस्त छु ।’
त्यस्तै, नयाँ पुस्ताको नेतृत्व सम्हाल्दै म्यानेजिङ्ग डाइरेक्टर मन्दिप भुसालले पुर्खाको विरासतलाई आधुनिक प्रविधि र नवीन सेवामार्फत अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी दिनमा सेवा विस्तार र नयाँ शाखाहरू स्थापना गरी गुणस्तरीय स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुऱ्याउने लक्ष्य रहेको जानकारी दिए ।

२१ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष क्याम्पेनका विजेताहरूलाई लक्की ड्रमार्फत पुरस्कार वितरण गरिएको थियो। जसमा प्रथम हुनेले १ लाख रुपैयाँ नगद प्राप्त गरे भने अन्य सहभागीहरूले वेट लस प्रोग्राम, स्किन केयर ह्याम्पर र गिफ्ट ह्याम्परहरू प्राप्त गरे ।



प्रतिक्रिया