अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त


काठमाडौं, असार २९ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए भोजन अर्याल नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयअनुसार अर्थमन्त्री डा वाग्लेले आज उनलाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा एफसिए अर्याललाई अर्थमन्त्री डा वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै सरकारको १६ खर्ब राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न अर्यालको विज्ञता र दक्षताको इमानदारीपूर्वक सल्लाह तथा भूमिकाको अपेक्षा गरिएको बताए ।

नवनियुक्त राजस्व सल्लाहकार अर्यालले सरकार र अर्थमन्त्रीको विश्वासलाई आफ्नो दक्षता र अनुभवको माध्यमबाट नतिजामा देखाउने प्रतिबद्धता व्यक्त गरे । स्याङ्जा स्थायी घर भएका अर्याल १५ वर्षदेखि लेखापरीक्षण सेवा तथा परामर्शदाताका रूपमा सक्रिय छन्।