काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सोमबार विभिन्न मिडिया हाउस अगाडि गरिएका शङ्कास्पद पार्किङ अस्वाभाविक भएको बताएका छन् ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
यो गलत हो भनेर पार्टीले भनिसकेको छ । छानबिन हुनुपर्छ पनि भनेका छौँ । यो घटनालाई हेर्ने दृष्टिकोण प्रस्ट छ । तर यो प्रवृत्ति जे देखियो त्यो अस्वाभाविक भयो,’ उनले भने ।
उनले रास्वपाकै नेता कार्यकर्ता उक्त कार्यमा सहभागी भए पनि कारबाही हुने बताए । रास्वपाकै कार्यकर्ता परे भने कारबाही हुन्छ कि हुँदैन ?’ भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफ दिँदै लामिछानेले भने, ‘त्यस्तो पनि प्रश्न हो र ? रास्वपा त्यो पार्टी हो जसले आफ्नो सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको हो । रास्वपालाई यो प्रश्न सोध्नुहुन्छ ? किन नहुनु, जो भए पनि हुन्छ ।’



प्रतिक्रिया