मिडियाको गेटमा शंकास्पद रुपमा गाडी तेर्साउनेहरूको खोजी गर्दै सरकार



काठमाडौं । सरकारले सोमबार विभिन्न मिडियाको गेटमा शंकास्पद रुपमा गाडी तेर्साउनेहरूको खोजी गरेको छ ।


मंगलबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले सरकारको तर्फबाट गरिएको भन्ने आरोपलाई भने अस्वीकार गरे।

सरकारका प्रवक्ता समेत रहेका उनले भने,‘‘सरकारले गर्ने भएको भए नेपाल प्रहरी त गृह मन्त्रालयको अन्तर्गत हो। गृह मन्त्रालयले त्यसरी खोजी गर्दैनथ्यो होला। प्रहरीले यसमा को–को संलग्न हुनुभएको छ, सबैको खोजी हुँदै छ।’

उनले जुनसुकै पार्टीको भए पनि आरोप प्रमाणित भए कारबाही हुने बताए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मिडिया हाउस अगाडि गरिएका शङ्कास्पद पार्किङ अस्वाभाविक भएको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले रास्वपाकै नेता कार्यकर्ता उक्त कार्यमा सहभागी भए पनि कारबाही हुने बताए ।