धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपाका नेताहरुसँग छलफल गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बिहान जारी छलफलमा प्रदेश सरकारको समसामयिक राजनीतिक अवस्था, सरकारको आगामी रणनीति तथा अन्य विविध राजनीतिक विषयमा छलफल भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
बुधबार मुख्यमन्त्री शाहले एमालेका ४ मन्त्रीलाई बर्खास्त गरेपछि प्रदेशमा नयाँ समीकरणको तयारी भइरहेको छ ।



प्रतिक्रिया