अशक्त र बालबालिकालाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने


काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्रविना पनि खाता खोल्न सकिने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले आफ्नो हेरचाह आफै गर्न नसक्ने, असक्त, असहाय नागरिक तथा १६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई बैंक खाता खोल्दा ती कागजात नचाहिने निर्देशन जारी गरेको हो ।

केन्द्रीय बैंंकले निर्देशनमार्फत अन्यका हकमा भने नागरिकता र राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।

बैंक तथा वित्तीय संस्थालाई २०८१ माघ १ गतेदेखि नै विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी खाता खोल्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको थियो ।