काठमाडौं, असार ३१ । पूर्वअर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेललगायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आज पौडेलसहित छ जना र १० वटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो ।
व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा पूर्वअर्थमन्त्री पौडेलसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको विशेष अदालतको सूचनामा उल्लेख छ ।
पूर्वअर्थमन्त्री पौडेलमाथि रु २० करोड ९० लाख बिगो मागदाबी गरिएको छ । साथै विभागले उनको बैंक खातामा रहेको रु छ लाख ३४ हजार जफत गर्नसमेत माग दाबी गरेको छ ।



प्रतिक्रिया