मुख्यमन्त्रीले गरे सप्तकोशी निरिक्षण


विराटनगर । सप्तकोशी नदीमा पानीको वहाब बढेको छ । केही समयअघि कोशी व्यारेजमा भएको मापनअनुसार कोशीमा २ लाख ७० हजार ७४० क्युसेक पानी प्रतिसेकेण्ड पाबीको बहाब रहेको छ । यो बहाव निरन्तर बढिरहेको छ ।

अहिले बराजका ३६ वटा ढोका खोलिएको छ । पहाडी क्षेत्रमा निरन्तर पानी परिरहेकाले बहाव बढ्ने अनुमान गरिएको छ ।
यसैबीच पानीको वाहब बढेपछि कोशी प्रदेश सरकारका मुख्य मन्त्री हिक्मत कार्कीले व्यारेजको निरिक्षण गरेका छन् ।

निरिक्षण गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रमुख सचिव नारायण भट्ट, सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा सतर्कता अपनाउन निर्देसन दिएका छन् । उनले वर्षाबाट हुने सम्भावित क्षति रोक्नका लागि सरोकारवाला निकायलाई निर्देशन समेत दिए ।