काठमाडौं, असार ३१ । पत्नीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले बुद्ध एयरका पाइलट आदित्य कसजुलाई पक्राउ गरेको छ। ललितपुर प्रहरीका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार आरोपपछि पक्राउ गरिएका कसजुलाई हाल प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
उनी करिब १० दिनदेखि बुद्ध एयरको उडान ड्युटीमा अनुपस्थित रहेका थिए। एयरलाइन्सले खोजी गर्ने क्रममा उनी प्रहरी हिरासतमा रहेको खुलेको हो। कुटपिटसम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको र उनलाई शुक्रबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने एसपी मिश्रले जानकारी दिए।



प्रतिक्रिया