गोरखा । गृहमन्त्री सुधन गुरुङले नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय गोरखालाई निर्देशन दिएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई अधिकतम १५ मिनेटभित्र नागरिकता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
गृहमन्त्री गुरुङले प्रशासनिक सेवा नागरिकमैत्री र झन्झटरहित हुनुपर्नेमा जोड दिँदै अनावश्यक ढिलासुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्न निर्देशन दिए ।
निरीक्षणका क्रममा गृहमन्त्रीले सेवा प्रवाह, कमर्चारीको कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवाग्राहीको गुनासो व्यवस्थापनबारे जानकारी लिएका थिए ।




प्रतिक्रिया