दुइ वटा संसदीय समितिको बैठक बस्दै


काठमाडौं, साउन ३ । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअन्तरगत अहिले बिहान ९ः३० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफल हुने कार्यसूची छ । यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ९ बजे बस्ने भएको छ ।

बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेस भएको प्रतिवेदन, २०८३ उपर महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल हुने कार्यसूची छ ।