काठमाडौँ । कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले अधिकारकर्मी बिनु यादव र निहारिका राजपुतलाई गृहमन्त्रीले भेट्ने वातावरण निर्माण गर्न गृहमन्त्रालयलाई आग्रह गरेकाी छन् ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा उनले यस्तो आग्रह गरेकी हुन् । सभापति बास्कोटाले कुनैपनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह गरिन् ।
ंनागरिकतासम्बन्धी विषय, उप्साहकोट पहिरोबाट विस्थापितको समस्या, बिनु यादव र निहारिका राजपुतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिनेछ । विशेषगरी नागरिकले आफ्ना समस्या मन्त्रीसमक्ष राख्न चाहेको अवस्थामा गृह मन्त्रालयलाई भेटघाटको व्यवस्था मिलाउन अनुरोध गरिएको छ,’ उनले भनिन् ।
‘‘कुमारी आमा’ का नामबाट परिचित निहारिका र बिनु शनिबार गृहमन्त्रीसँग आफ्ना समस्या राख्न भन्दै गृहमन्त्रालयमा गएकी थिइन् । तर, प्रहरीले उनीहरुलाई प्रवेश गर्न नदिकन सिंहदरबार गेटै रोकेको थियो । प्रहरीले गेटमै रोकेपछि उनीहरुले घण्टी बजाएर सिंहदरकारको गेटमै धर्ना दिएका थिए ।




प्रतिक्रिया