पदपूर्तिका विज्ञापन रोकिँदैनः प्रधानमन्त्री कार्यालय


काठमाडौं, साउन ४ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लोक सेवा आयोगका नियमित विज्ञापन नरोकिने प्रस्ट पारेको छ। स्थायी पदमा यो वर्ष पदपूर्ति नगर्ने भनेर मुख्यसचिवको अध्यक्षतामा बसेको सचिव बैठकले गरेको निर्णयको आलोचना भएपछि प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर यसमा प्रस्टीकरण दिएको हो।

संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भएपछि रिक्त हुने पदमा पदपूर्ति हुने विज्ञप्तिमा उल्लेख छ । यद्यपि धेरै पद कटौती हुने भएकाले यो वर्ष लोक सेवामार्फत हुने भर्ना भने न्यून हुने सम्भावना छ।