छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी


काठमाडौँ, ५ साउन । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६ हजार ४४५ मुद्दा फैसला गर्न सकेन ।

सो आर्थिक वर्षमा कुल ४६ हजार २७७ थान मुद्दा दर्ता भएकामध्ये १९ हजार ८३२ थान मुद्दा फैसला भएका थिए ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका कारण अदालतमा रहेका मिसिलमा ठूलो क्षति पुग्न गएकाले मुद्दा फैसला गर्न ढिलाइ भएको जिल्ला अदालत काठमाडौँका प्रमुख न्यायाधीश चुडामणि खड्काले जानकारी दिए ।

दुई हजार २३० थान मुद्दा जलेकामा १९० थान मुद्दा फेला पार्न बाँकी रहेको छ । अदालतमा गत मङ्सिर १४ गतेबाट नियमति सुनुवाइ भएको थियो ।