बिहानै भूकम्पको धक्का


काठमाडौं, साउन ६ । बझाङ लगायतका आसपासका जिल्लामा आज बिहानै भूकम्पको धक्का महशुस भएको छ । बझाङको कोटदेवल केन्द्रबिन्दु भएर आज बिहान ४ः४० बजे गएको ४ः२ म्याग्निच्युडको भूकम्प धक्का आसपासका जिल्लामा समेत महशुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।