काठमाडौँ, ६ साउन । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले घटेर दुई हजार ७१२ दशमलव ५४ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १० अङ्कले घटेर ४७० दशमलव ३१ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ७७ अङ्कले घटेर १८५ दशमलव ८५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने शूल्य दशमलव ५८ अङ्कले घटेर १५९ दशमलव ४३ मा रहेको छ ।
आज विभिन्न कम्पनीका एक करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर रु पाँच अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ मूल्यमा खरिद बिक्री भएको छ । तेह्र उपसमूहमध्ये दुई उपसमूह बढ्यो भने ११ उपसमूह घटेको छ । आज ७७ कम्पनीको सेयर बढ्यो भने १९३ कम्पनीको सेयर घट्यो ।
त्यसैगरी सात कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, भुगोल हाइड्रोपावर साल्पा विकास बैंकका लगानीकर्ताले कमाएका छन् । त्यस्तै, गरी एनसिसी डिबेञ्जर, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर, एनबिबिएल डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन् ।




प्रतिक्रिया