विवाह बन्धनमा बाँधिए मिस्टर बिस्ट, यसकारण छन् संसारकै सबभन्दा धेरै सबस्क्राइबर


काठमाडौं, साउन ६ । विश्वकै सबैभन्दा धेरै सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्ट MrBeast (जिमी डोनाल्डसन) विवाह बन्धनमा बाँधिएका छन्। उनले आफ्नी लामो समयदेखिकी प्रेमिका तथा दक्षिण अफ्रिकी गेमर र कन्टेन्ट क्रिएटर Thea Booysen सँग निजी समारोहबीच विवाह गरेका हुन्।

दुवैले सामाजिक सञ्जालमार्फत विवाहका केही तस्बिर सार्वजनिक गर्दै खुसी साटेका छन्। मिस्टर बिस्टले “I found MrsBeast, and it was the best day of my life” (मैले मेरी मिसेस बिस्ट भेटें, र यो मेरो जीवनकै सबैभन्दा उत्कृष्ट दिन बन्यो) भन्ने सन्देशसमेत साझा गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार क्यारिबियनस्थित रिचर्ड ब्रान्सनको निजी टापु नेकर आइल्याण्डमा आयोजना गरिएको विवाह समारोहमा करिब ७० जना आफन्त र निकट मित्रहरूको मात्र उपस्थिति थियो। एक सातासम्म चलेको समारोहलाई उनीहरूले अत्यन्त निजी र सादगीपूर्ण बनाएका थिए।

सन् २०२२ मा दक्षिण अफ्रिकामा पहिलो पटक भेट भएका मिस्टर बिस्ट र थिया बुइसनले सन् २०२४ को क्रिसमसमा इन्गेजमेन्ट गरेका थिए। त्यसयता उनीहरूको सम्बन्धलाई लिएर प्रशंसकहरूबीच निकै चासो रहँदै आएको थियो।

जिमी डोनाल्डसन अर्थात् मिस्टर बिस्ट आफ्नो भव्य चुनौतीपूर्ण भिडियो, परोपकारी अभियान र करोडौं डलरको पुरस्कार वितरणका कारण विश्वभर चर्चित छन्। उनी हाल युट्युबका सबैभन्दा धेरै सब्स्क्राइबर भएका कन्टेन्ट क्रिएटरका रूपमा परिचित छन्।