शिक्षामन्त्री पोख्रेलविरुद्ध युवाहरूले गरे प्रदर्शन


काठमाडौँ। शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन्।

आज त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस कार्यक्रम हुँदैछ । उक्त कार्यक्रम स्थलबाहिर ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विश्वविद्यालयको वार्षिक दिवस समारोहमा भाग लिन पुगेका शिक्षामन्त्री पोख्रेललाई लक्षित गरी युवाहरूले नाराबाजी र प्रदर्शन गरेका हुन्।