हेटौँडा । वाग्मती प्रदेशसभा सचिवालयले आर्थिक वर्ष २०८२/८३ मा सेवा–सुविधाबापत पारिश्रमिक लिएका प्रदेशसभा सदस्यहरूलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ ।
सचिवालयले बुधबार जारी गरेको सूचनाअनुसार राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन तथा भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सार्वजनिक पद धारण गरेका पदाधिकारीले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र सम्बन्धित कार्यालयमा सम्पत्ति विवरण फाराम बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको जनाएको छ ।
सोही व्यवस्थाअनुसार आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशसभा सचिवालयबाट सेवा–सुविधा लिएका सदस्य, उनीहरूका स्वकीय सचिव तथा हलुका सवारी चालकले सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आफ्नो सम्पत्ति विवरण बुझाउन अनुरोध गरिएको हो ।
सचिवालयले तोकिएको अवधिभित्र सम्पत्ति विवरण नबुझाए अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१(२) बमोजिम १० हजार रुपैयाँ प्रशासनिक जरिबाना हुने बताइएको छ ।





प्रतिक्रिया