साइबर अपराधको अभियोगमा वेदिका केसी पक्राउ


काठमाडौँ । आफूलाई धार्मिक सामाजिक अभियन्ताका रूपमा प्रस्तुत गर्दै आएकी वेदिका केसीलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले पक्राउ गरेको छ। जोरपाटीबाट नियन्त्रणमा लिइएकी केसीमाथि विद्युतीय कसुरअन्तर्गत मुद्दा चलाउन काठमाडौँ जिल्ला अदालतबाट १ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
साइबर ब्यूरोका प्रवक्ता दिलिप कुमार गिरीका अनुसार केसीविरुद्ध सामाजिक सञ्जाल तथा युट्युबमार्फत तथ्यहीन अफवाह फैलाएको, चरित्र हत्या गरेको र भ्रामक सामग्री सम्प्रेषण गरेको जाहेरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।
पछिल्लो समय युट्युब, टिकटक तथा फेसबुक जस्ता डिजिटल प्लेटफर्महरूमा परम्परा, धार्मिक आस्था र कथावाचकहरूविरुद्ध अभिव्यक्ति दिँदै चर्चामा आएकी केसीविरुद्ध कथावाचिका राधिका दासीलगायतका पक्षले साइबर ब्यूरोमा उजुरी दिएका थिए।