काठमाडौँ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको माग सङ्ख्या थप गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग (भर्ना छनौट शाखा) ले एक सूचना जारी गर्दै थप ८ पद थप गरिएको जानकारी दिएको हो।
यसअघि २०८२ मंसीर २६ गते प्रकाशित विज्ञापनमा २१ जना प्रहरी निरीक्षकको माग गरिएको थियो। थप सूचनाअनुसार अब कुल माग पदसङ्ख्या २९ पुगेको छ।
थप गरिएका पदहरूमा खुलातर्फ ४, आदिवासी जनजातितर्फ २, मधेशीतर्फ १ र दलिततर्फ १ जना रहेका छन्।
यससँगै अब खुलातर्फ १६, आदिवासी जनजातितर्फ ५, मधेशीतर्फ ४, महिलातर्फ २ र दलिततर्फ २ गरी कुल २९ जना प्रहरी निरीक्षक भर्ना गरिनेछ।
सर्वोच्च अदालतबाट २०७९ माघ २४ गते जारी परमादेशको आदेशबमोजिम समावेशी समूहका सम्बन्धमा आवश्यक कानूनी प्रबन्ध मिलाएपछि आर्थिक वर्ष २०७९/८० मा समावेश नगरिएका पदहरूको क्षतिपूर्तिको व्यवस्थापन गर्दै प्रचलित कानून बमोजिम यो पदपूर्ति प्रक्रिया अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।





प्रतिक्रिया