आत्मदाहपछि निधन भएका मण्डलको परिवारलाई गगन थापाले गरे १ लाख आर्थिक सहयोग


काठमाडौँ । आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका ३५ वर्षीय स्वर्गीय विवेक मण्डलको परिवारलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आर्थिक सहयोग गरेका छन् । मण्डलको १३औँ पुण्य तिथिको अवसर पारेर सभापति थापाले राहत स्वरूप १ लाख आर्थिक सहयोग प्रदान गरेका हुन् ।

सर्लाही जिल्ला, गोडैता नगरपालिका–१०, सिसौटिया निवासी उपेन्द्र मण्डलका सुपुत्र तथा रिना कुमारीका पति विवेक मण्डलको दुःखद निधनप्रति थापाले गहिरो शोक व्यक्त गरेका छन् ।

आर्थिक सहयोगका साथै सभापति थापाले स्वर्गीय मण्डलका सन्तानहरूको शिक्षा–दीक्षाको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता समेत व्यक्त गरेका कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।