झापा (भद्रपुर), ८ साउन । जिल्लाभर गत आर्थिक वर्ष २०८२/८३ मा सात लाख ६१ हजार ४३३ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ ।
पछिल्ला वर्षमा खेतीयोग्य जग्गाको क्षेत्रफलसँगै खाद्यान्न उत्पादन लगातार घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत आवमा वर्षे, चैते धान, मकै, कोदो, फापर, गहुँ र जौ गरी सात प्रकारका खाद्यान्न बाली उत्पादन भएका हुन् ।
उक्त अवधिमा चैते धान ८९ हजार ६५५ दशमलव ३०, वर्षे धान तीन लाख ७७ हजार ५३४ दशमलव ३५, मकै दुई लाख ८३ हजार १८७ दशमलव ८८, कोदो ८६९ दशमलव ४७, फापर तीन हजार ७५८ दशमलव ७०, गहुँ छ हजार ४१९ र जौ ८ दशमलव १० मेट्रिक टन उत्पादन भएको थियो ।
आव २०८२/८३ मा एक लाख ३० हजार ३८६ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । अघिल्लो आव २०८१÷८२ मा एक लाख ४५ हजार ३२६ दशमलव ०६ हेक्टरमा खेती गरी आठ लाख ५२ हजार २०८ दशमलव २५ मेट्रिक टन खाद्यान्न उत्पादन भएको हो ।
एक वर्षको अवधिमा खाद्यान्न खेती हुने क्षेत्रफल १४ हजार ९४० हेक्टरले घटेको छ भने उत्पादन करिब ९० हजार ७७५ मेट्रिक टनले कमी आएको छ ।




प्रतिक्रिया