रास्वपा सांसद गुप्ताको ‘स्टन्टिङ’ हर्कतः ट्राफिक प्रहरीले गरायो जरिवाना

जनकपुर । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर स्टन्ट गर्ने रास्वपा सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिवाना तिराएको छ ।
सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान पुगेर जरिवाना तिरेका हुन् । उनले गुडिरहेको मोटरसाइकलमा उभिएर स्टन्ट गरेका थिए । जरिवाना बुझाएपछि ट्राफिक प्रहरीले उनलाई जरिवाना रसिद हस्तान्तरण गरेको छ ।
उनको यो हर्कतको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । यसैबीच, उनीमाथि ५ सय रुपैयाँको मात्र दण्ड जरिवाना पर्याप्त नभएको कतिपयले टिप्पणी गरेका छन् ।
उनको यो हर्कतको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । यसैबीच, उनीमाथि ५ सय रुपैयाँको मात्र दण्ड जरिवाना पर्याप्त नभएको कतिपयले टिप्पणी गरेका छन् ।