काठमाडौँ । भारत भ्रमणमा रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित पाँच देशका वरिष्ठ न्यायाधीशलाई भारतीय सर्वोच्च अदालतमा स्वागत गरिएको छ।
भारतका प्रधानन्यायाधीश सूर्य कान्तले उनीहरूलाई इजलास नम्बर १ मा स्वागत गरेका हुन्।
भारतमा आयोजित एक अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन पुगेको सो प्रतिनिधिमण्डलमा नेपालका प्रधानन्यायाधीश मनोजकुमार शर्मा, बेलायतको सर्वोच्च अदालतका न्यायाधीश, भुटानको सर्वोच्च अदालतका न्यायाधीशका साथै ब्राजिल र केन्याका न्यायाधीशहरू रहेका छन्।
कार्यक्रममा भारतका महान्यायाधिवक्ता आर वेन्कटारमणीले विदेशी प्रतिनिधिमण्डललाई स्वागत गर्दै भारत विविध परम्परा र न्यायिक मूल्य–मान्यताको सङ्गमस्थल रहेकोबारे जानकारी गराएका थिए।
यसैगरी सोलिसिटर जनरल तुषार मेहताले स्वागत मन्तव्य राख्दै छोटो भ्रमणबाट देशबारे थोरै मात्र जानकारी प्राप्त हुने बताए।




प्रतिक्रिया