काठमाडौँ । आरती रावललाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको छ । विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसुरमा काठमाडौँ जिल्ला अदालतले उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।
अदालतको आदेश अनुसार रावललाई कारागार चलान गरिएको साइबर ब्युरोका प्रवक्ता (एसपी) दिलीप गिरीले बताए । एक जना महिलालाई सामाजिक सञ्जालबाट अनर्गल गालीगलौज गरेको आरोपमा उनी पक्राउ गरेकी थिइन् ।
रावल न्यायाधीश भुवन गिरीकी पूर्वपत्नी हुन् । यसअघि उनले गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा गिरीले सफाइ पाएका छन् ।
असार २४ मा प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको थियो ।




प्रतिक्रिया