काठमाडौँ । धनुषाको ढल्केबरमा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिकहरू २८ वर्षीय सन्तोष कुमार महतो र ४५ वर्षीय मिथिलेश साहु छन् ।
शुक्रबार ढल्केबरबाट जनकपुर जाने सडकमा प्रहरीसँग जम्काभेट भएपछि भाग्न लागेका कारोबारीलाई पक्राउ गर्न एक राउण्ड हवाई फायर गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुवास बोहराले बताए ।
आरोपीहरूको साथबाट प्रहरीले ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया