तिनकुनेमा ‘ऐना हेयर तथा गहना हेरिटेज’ संचालनमा, अभिनेत्री वर्षा शिवाकोटीले गरिन् उद्घाटन 


काठमाडौं । काठमाडौंस्थित तिनकुनेमा ‘ऐना हेयर एन्ड ब्यूटी सैलुन तथा गहना हेरिटेज’ सन्चालनमा आएको छ । हेरिटेजको शुक्रबार बिहान नेपाली चलचित्रकी चर्चित अभिनेत्री वर्षा शिवाकोटीले उद्घाटन गरेकी छन्।

दिदीबहिनीहरु(पुर्णिमा पाठक र खुसी पाठक) द्वारा सञ्चालनमा ल्याइएको उक्त हेरिटेजको अभिनेत्री शिवाकोटीले रिबन काटेर उद्घाटन गरेकि हुन् ।   उद्घाटन गर्दै उनले नेपाली महिलाहरूको उद्यमशीलता प्रशंसनीय रहेको उल्लेख गर्दै गुणस्तरीय सेवा र ग्राहकप्रतिको समर्पणले व्यवसायलाई सफलताको उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिन्।

सञ्चालकद्वय पुर्णिमा पाठक र खुसी पाठकले ग्राहकलाई आधुनिक प्रविधिमा आधारित ब्यूटी सेवा, मेकअप, हेयर केयर तथा आकर्षक एवं गुणस्तरीय गहनाहरू एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले संस्था सञ्चालनमा ल्याइएको जानकारी दिए। ग्राहकको विश्वास र सन्तुष्टिलाई केन्द्रमा राखेर उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता पनि उनीहरूले व्यक्त गरे।

उद्घाटन कार्यक्रममा कलाकार, व्यवसायी, शुभेच्छुक, आफन्त तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ व्यवसायको सफलताको शुभकामना व्यक्त गर्दै ‘ऐना ब्यूटी सैलुन तथा गहना हेरिटेज’ले काठमाडौंमा सौन्दर्य तथा फेसन सेवाको क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने विश्वास व्यक्त गरेका थिए।

काठमाडौंको व्यस्त व्यापारिक क्षेत्र तिनकुनेमा सञ्चालनमा आएको ‘ऐना हेयर एन्ड ब्यूटी सैलुन तथा गहना हेरिटेज’ ले गुणस्तरीय सेवा, आधुनिक सुविधा र ग्राहकमैत्री वातावरणमार्फत सौन्दर्य तथा फेसनप्रेमीहरूको रोजाइ बन्ने अपेक्षा गरिएको छ।