बैंकर ज्योतिप्रकाश पाण्डेकी माताको निधनप्रति ऋद्धि सिद्धि मिडियाका अध्यक्ष धमलाद्वारा दुःख व्यक्त


काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेकी आमा इन्दिरा पाण्डेको ९१ वर्षको उमेरमा भएको निधनप्रति ऋद्धि सिद्धि मिडिया प्रालिले गहिरो दुःख व्यक्त गरेको छ।

स्वर्गीय इन्दिरा पाण्डेको १३औँ पुण्यतिथिका अवसरमा ऋद्धि सिद्धि मिडिया प्रालिका अध्यक्ष ऋषिराज धमलाले शोक वक्तव्य जारी गर्दै उहाँको निधनले पाण्डे परिवारमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्।

अध्यक्ष धमलाद्वारा जारी शोक वक्तव्यमा भनिएको छ,”नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेज्यू तथा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेज्यूकी ममतामयी आमा इन्दिरा पाण्डेज्यूको निधनको खबरले हामीलाई अत्यन्त दुःखी बनाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौँ। साथै शोकसन्तप्त पाण्डे परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौँ।”

ज्योतिप्रकाश पाण्डे नेपालको बैंकिङ क्षेत्रमा लामो अनुभव भएका अनुभवी बैंकरका रूपमा परिचित छन्। वित्तीय व्यवस्थापन, संस्थागत सुशासन, ग्राहककेन्द्रित सेवा र बैंकिङ प्रणालीको आधुनिकीकरणमा उनलेे महत्वपूर्ण योगदान पुर्‍याएको मानिन्छ।

उनको नेतृत्वमा बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार, नवीन वित्तीय सेवा विकास तथा संस्थागत सुधारका विभिन्न पहलहरू अघि बढाएको छ।

बैंकिङ क्षेत्रमा उनको अनुभव र नेतृत्व क्षमताका कारण एक सक्षम व्यवस्थापकका रूपमा चिनिन्छ । पाण्डे कुशल बैंकरका रूपमासमेत परिचित छन् ।