सुदूरपश्चिम, १० साउन । कैलालीको घोडाघोडी नगरपालिका–१ लोहारपुरमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
आज दिउँसो करिब १:०० बजे स्थानीय डोडा नदीमा नुहाउन गएका चार जना बालकमध्ये नदीमा डुबेका स्थानीय १२ वर्षीय टेकेन्द्र बोहराको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।
बोहराका साथीहरुले घटनाबारे जानकारी गराएपछि निजकी आमा पुष्पा बोहरासहित स्थानीयवासीको सहयोगमा नदीबाट निकालिएका टेकेन्द्रलाई उपचारका लागि घोडाघोडी अस्पताल, सुखड लगिएको थियो । बोहराको उपचारकै क्रममा आज अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया