काठमाडौं । लामो समयदेखि आन्दोलनरत लघुवित्त पीडितहरूको माग सम्बोधन र समस्या समाधानका लागि सरकारले औचारिक पहल थालेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै पीडितहरूसँग वार्ताका लागि एक उच्चस्तरीय वार्ता टोली गठन गरेका हुन्।
अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा गठित उक्त समितिलाई आजैदेखि आन्दोलनरत पक्षसँग वार्ता प्रक्रिया अघि बढाउन अर्थमन्त्री वाग्लेले निर्देशन दिएका छन्। समितिको पहिलो बैठक आजै बस्ने र त्यसपछि आन्दोलनरत लघुवित्त पीडितका प्रतिनिधिहरूसँग प्रारम्भिक छलफल र वार्ताको वातावरण तय गर्ने बताइएको छ।
गठित वार्ता समितिले पीडितका जायज मागहरूलाई सम्बोधन गर्दै दीर्घकालीन समाधानको खाका पहिल्याउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया